२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पाकिस्तानलाई १० मिलियन डलर दिने अमेरिकाको घोषणा

काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने घोषणा गरेका छन् ।

वाशिङटानमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए ।

अमेरिकाले अहिलेसम्म बाढी प्रभावितका लागि ५५ मिलियन डलर सहायचा प्रदान गरिसकेको भन्दै उनले खाद्य सुरक्षाका लागि अतिरिक्त १० मिलियन डलर सहायता दिने बताए ।