२०८२ असार ४ बुधबार

राशिफल

४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण

काठमाण्डाै : कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि हिजो साेमवार पनि शिखरमा पुग्नुभएको हो ।

आज मङ्गलवार काठमाण्डौ आइपुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ को रूपमा पनि चिनिन्छ ।

मनास्लुमा हिजो पनि हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ ।

तस्बिर : शेर्पाकाे फेसबुकबाट