काठमाडौं : फरवार्ड अन्जन विष्टको गोलमा नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
अन्जनले १८औं र २७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।आँफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका हुन् ।
त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १४औं मिनेटमा विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिदा नेपाल अग्रता लिन बाट चुक्यो ।
१७औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।
तपाइँको प्रतिक्रीया