२०८२ जेठ २२ बुधबार

राशिफल

एन्फाको विशेष साधारण सभा आज हुँदै

काठमाडौं : अखिल नेपाल फुटबल संघ  (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा धिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ ।

साधारण सभाले एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ ।

साउन २६ को कार्यसमिति बैठकले विशेष साधारण असोज १२ गते गर्ने निर्णय गरो थियो । गत ६ असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएपछि बाँकी दुई सदस्यका लागि आज निर्वाचन हुनेछ ।

चार जना सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो । त्यतिबेला अर्को साधारण सभाबाट दुई सदस्यको टुङ्गो लगाउने एन्फाले जनाएको थियो ।
असार ६ को निर्वाचनबाट केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रवीन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।