२०८२ असार ४ बुधबार

राशिफल

आजपनि अधिकांश ठाँउमा पानी पर्ने सम्भावना

काठमाडौं  : आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती स् प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेश का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।