२०८२ असार ४ बुधबार

राशिफल

लागूऔषधसहित झापाबाट तीन जना पक्राउ

काठमाडौं  : लागूऔषधसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका-२ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन्।