२०८२ जेठ २९ बुधबार

राशिफल

दशैं सुरु भएसंगै भेडा च्याङग्राको बिक्री

काठमाडौं : नेपालीहरुको महान पर्व दशैंको आगमन भएसंगै गुल्मी सदरमुकाम तम्घास व्‍यापारीहरुले भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएका छन्।
गुल्मीमा आसपासका जिल्लावाट खसीवोका भित्रीन थालेका हुन । छिमेकी जिल्लाहरु अर्घाखाँची, प्युठान,पाल्पा, दाङ्ग,कपिलवस्तु, रोल्पा, रुकुम नवलपरासी लगायतका स्थानवाट कृषकहरुले विक्रीका लागि भेडा च्याङग्राका साथै खसीवोका सदरमुकाम तम्घास ल्याउन थालेका छन् । हिन्दुहरुको महान पर्व दशैंमा देवी देवताहरुका मठ मन्दिरहरुमा खसीबोका संगै अत्यधिक मात्रामा भेडा च्याङग्रा वली चढाउने चलन भएकाले गुल्मीमा पनि भेडा च्याङग्रा खसीबोकाको अत्यधिक मात्रामा कारोवार हुने गर्दछ। प्रत्यक बर्ष दशैमा सदरमुकाम तम्घास मा भेडा च्याङग्रा देख्न सकिन्छ।

खसीवोकाको कारोवार गरेर कतिपय परिवारले आफ्नो वर्ष भरिको गुजारा चलाउनुका साथै दशैं समेत मान्ने गरेका छन् ।भेडा च्याङग्रा पाल्न धेरै दुख हुने तथा भेडा माग प्रत्येक बर्ष बढ्दै गएकाले हरेक बर्ष यसको मुल्य बृद्धि हुदै गएको सदरमुकाम तम्घासमा मुस्ताङ्गवाट आएका ब्यापारी राम कृष्ण खातुन ले बताए।

मुस्ताङ्ग र दाङ्ग वाट मात्रै दशैमा गुल्मीमा ७ सयको हाराहारीमा भेडा आउने गर्दछन्। जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी भेडा च्याङ्ग्रा र वोका खपत हुने गरेको छ ।

 

यो पनि पढ्नुहोस

तिब्बतबाट नआएपछि च्याङ्ग्राको भाउ अकाशियो