काठमाडौं : बुधबार बिहान मनास्लु हिमालमा मृत फेला परेकी विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुराहरुमा पाइन् । उनी पहिलो महिला हुन्, जसले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गरिन् ।
मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी जिम मोरिसन सँगै थिइन् । उनका पार्टनर पनि विश्वमा नाम चलेका स्की खेलाडीमध्ये एक हुन् । जीवन होस् त यस्तो । स्की खेल यसै पनि जोखिमपूर्ण छ । अनि यो जोखिम सामना गर्न आफ्ना पार्टनर हरदम साथै छ ।
हेर्नुहोस् तस्वीरहरु :
यो पनि पढ्नुहोस
मनास्लुमा ज्यान गुमाएकी स्की पर्वतारोही हिलारीको शव काठमाण्डौ ल्याइयो
तपाइँको प्रतिक्रीया