२०८२ जेठ २९ बुधबार

राशिफल

चट्याङ लागेर सुनसरीमा २ जनाकाे ज्यान गयाे

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार राईले जानकारी दिनुभयो ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएको हो भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएको डीएसपी राईले जानकारी दिनुभयो ।