काठमाडौं : सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका २ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्।
मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
तपाइँको प्रतिक्रीया