काठमाडौं : नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
संस्थापन इतर समूहले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान सवा ८ बजे आयोजना हुने उक्त कार्यक्रममा शुभकामना आदानप्रदानका साथै ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ पनि भएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ।
तपाइँको प्रतिक्रीया