२०८२ असार ४ बुधबार

राशिफल

वीरगञ्जबाट लागुऔषध सहित ५ जना पक्राउ

काठमाडौं : पर्साको वीरगञ्जबाट लागुऔषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री रहेका छन् ।

वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको पर्साका एसपी रमेश बस्नेतले बताए । आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।

आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।