२०८२ असार ५ बिहीबार

राशिफल

काठमाडौँमा जुवातास खेलिरहेका ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ  :  काठमाडौँको टोखा नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

टोखा नगरपालिका ५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई हिजो साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।