२०८२ जेठ २१ मङ्गलबार

राशिफल

५ हजारको ५ वटा मात्र टिकट बिक्री

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा मंगलबार भएको नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीचको खेलमा टिकट बिक्रीमा नयाँ प्रयोग गरेको थियो ।

एन्फाले भिआईपीतर्फको सिमित सिटका लागि अहिले सम्मकै महंगो टिकट दर तोकेको छ । भिआइपीतर्फ अतिथि बस्ने लहरको केहि तल ५ हजार दरको टिकका लागि ८० सिट छुट्टाएको थियो । तर, पहिलो पटकको प्रयोग अपेक्षा अनुसार सफल भने हुन सकेन । एन्फा महासचिव किरण राईका अनुसार ५ हजार दरको ५ वटा टिकट बिक्री भएको थियो ।

‘एउटा नयाँ अवधारणा प्रयोग गरेका थियौं, विशेष साधारण सभापछि बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव राईले भने,‘तर समय अभावले गर्दा सोचे जसरी टिकट बिक्री गर्न सकेनौं । हामी सक्रिय हुनका लागि पनि समय भएन ।’

५ हजारको टिकट काटेर खेल हेर्नेका लागि एन्फाले उपहार स्वरुप राष्ट्रिय टोलीले प्रयोग गर्ने जर्सी प्रदान गरिएको पनि उनले बताए । एन्फाले भिआइपीतर्फको अन्य सिटका लागि भने १ हजार र साधारणतर्फ ५ रुपैयाँ दरको टिकट बिक्री गरेको थियो ।
फुटबललाई सहयोग गर्न चाहनेको भावनाको कदर होस् र त्यस्ता व्यक्तिलाई सजिलै टिकट लिन सकियोस् भन्नका बढी मुल्यको सिमित टिकट बिक्रीको निर्णय गरेको राईले बताएका थिए ।

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो । सो खेलमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेका थिए । त्योसँगै नेपालले बंगलादेशसँग लगातार पाँच खेलमा अपराजित यात्रालाई कायम राखेको छ ।