काठमाडौँ : जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो ।
अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने पक्का भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेका छन् । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि काम बीचमै रोकिएको छ ।
सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम रोकेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट पूर्ण रुपमा बञ्चित छन् । दसैँ तिहारका लागि घर आवत जावत गर्नेलाई पनि सकस भएको छ ।
तपाइँको प्रतिक्रीया