२०८२ जेठ २४ शुक्रबार

राशिफल

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं : सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।

पछि बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।

गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिनुभयो ।

सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुग्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।