काठमाडौं : अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ ।
घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताएको छ ।
तपाइँको प्रतिक्रीया