काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्राएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च गरिएको दाबी गरेका छन् ।
राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् ।
दशैंको अवसरमा भिडियो सन्देश मार्फत् शाहले सो कुरा बताएका हुन् ।एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्राउने प्रपन्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् ।
राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीहरुको चाहना परिपूर्ति गर्न नवदूर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।
तपाइँको प्रतिक्रीया