२०८२ जेठ २२ बुधबार

राशिफल

पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओमा आवेदन दिने समय थप

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओमा आवेदन दिने समय अवधि थप गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको आईपीओमा असोज ३० गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ ३१ गते देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजी रू। ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका तत्कालिन ढोढेनी र फलेनी गा।वि।स। का वडा नं। ६ र ७ का स्थानिय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर छुट्याएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त आईपीओमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।