काठमाडौं : रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।
राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् ।
तपाइँको प्रतिक्रीया