२०८२ असार ४ बुधबार

राशिफल

रुपन्देहीमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी बसेका बुटवल उपमहानगरपालिका ८ का २३ वर्षीय साईमन मल्ल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल हिजो शुक्रबार राति पौने ११ बजे सडकमा हिँड्दै गरेको गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएको छ ।