२०८२ असार ४ बुधबार

राशिफल

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौं  : जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयन, पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल, समानुपातिक उम्मेदवारको सूची संशोधनलगायतको विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । पार्टी कार्यालयमा बैठक बस्ने भनिए पनि त्यहाँ अन्यत्र सारिएको छ ।

जसपाले बैठक स्थल गोप्य राखेको छ । अधिकांश टिकटका आकांक्षीहरु काठमाडौंमै छन् । बैठक स्थलमा भिडभाड हुने डरले बैठकलाई गोप्य ठाउँमा सारिएको स्रोतले जनाएको छ ।