२०८२ जेठ २१ मङ्गलबार

राशिफल

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो, सात जना घाइते

काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

कपिलबस्तुबाट सल्यानटारका लागि छुटेको ना ४ ख ८०४१ नम्बरको ट्रक धादिङबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

दुर्घटनामा एकजना पुरुषको ज्यान गएको छ भने मृतकको परिचय खुलेको छैन । सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिस तामाङले बताउनुभयो ।

घाइतेको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।