२०८२ जेठ २६ आइतबार

राशिफल

उपराष्ट्रपति पुनद्वारा अस्पतालमै पुगेर शताब्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना हुनु भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज बिहान ग्वार्कोको किष्ट मेडिकल कलेजमै पुगेर उपराष्ट्रपति पुनले उपचाररत् शताब्दी पुरुष जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

डाक्टरहरुले उपराष्ट्रपतिलाई सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उल्लेख्य सुधार रहेको बताएका छन् ।

उहाँको उपचारमा कुनै अभाव हुन नदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले जोशीलाई चाँडै निको भएर घर फर्केको हेर्न चाहेको बताउनुभएको छ ।

डेंगी संक्रमण र अन्य स्वास्थ्य समस्या देखिएपछि शताब्दी पुरुष जोशी गएको सात गते किष्ट मेडिकल कलेजमा भर्ना हुनुभएको थियो ।