२०८२ जेठ २२ बुधबार

राशिफल

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु

काठमाडौं  :  इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।