२०८२ असार ४ बुधबार

राशिफल

 काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जिप दुर्घटना, ७ जना घाइते

काठमाडौं  : रामेछाप मन्थली नगरपालिका-५ सुनारपानिमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ।

दुर्घटनामा परि सात जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारको लागि मन्थली लगिएको जिल्ला प्रहरी कार्यालय मन्थलीले जनाएको छ।

आइतबार बिहान करिब ८:३० बजे दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ।