२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अर्घाखाँचीको डम्मरु दहमा डुबेर १ जनाको ज्यान गयो

काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डम्मरु दहमा डुबेर एक जनाको ज्यान गएको छ ।

शितगंगा वडा नम्बर ३ ठाडामा रहेको डम्मरु दहमा डुबेर स्थानीयवासी ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्द रिजालले बताउनुभयो ।

आज आइतवार बिहान झन्डै ८ बजेतिर दहमा हाम फालेको देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयवासीले पानीमुनि हिलोमा गाडिएको अवस्थामा उद्धार गरेका थिए । उद्धारपछि नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्‍याइएकोमा उनको ज्यान गइसकेको थियो ।

नेपालीका श्रीमती रोजगारीका लागि भारतमा छिन् । मृतक नेपाली आमा र दुई छोरीसँग बस्दै आएका थिए ।