काठमाडौं : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दसैँ मनाउनका लागि झण्डै ७० हजार नागरिक बाहिरिएका छन् । असोज १० गतेदेखि आइतबारसम्म उक्त सङ्ख्यामा नागरिक प्रदेश राजधानीबाट बाहिरिएका हुन् ।
प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतको रेकर्ड अनुसार वीरेन्द्रनगरको सिटी बसपार्कबाट मात्रै ५० हजार नागरिक बाहिरिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार सुर्खेत बाङ्गेसिमल, गोठिकाँडा, सुब्बाकुना लगायतका चेक पोष्टबाट रेकर्ड लिइएको हो ।
जस अनुसार बाङ्गेसिमल र गोठिकाँडा हुँदै माथिल्लो कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र अछाम जिल्ला जानेहरूको सङ्ख्या ४६ हजार छ । कर्णाली राजमार्ग हुँदै माथिल्लो कर्णाली जानेको सङ्ख्या सबैभन्दा धेरै रहेको देखिन्छ । यस्तै गोठिकाँडा हुँदै दैलेख र कर्णाली राजमार्ग हुँदै जानेहरूको सङ्ख्या १९ हजार रहेको कार्कीले रातोपाटीलाई जानकारी दिए ।
यस्तै वीरेन्द्रनगरको सुब्बाकुना हुँदै जाजरकोट, सल्यान र रुकुम पश्चिमतर्फ बाहिरिनेको सङ्ख्या १४ हजार छ । साथै सुब्बाकुनाबाट कोहलपुरबाट पनि नागरिक बाहिरिएका छन् ।
साथै बसपार्कभन्दा बाहिरबाट सवारी साधन बुकिङ गरेर १० हजार बराबर नागरिक दसैँ मनाउन बाहिरिएको आकलन प्रहरीले गरेको छ ।
तपाइँको प्रतिक्रीया