२०८२ असार ४ बुधबार

राशिफल

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन

knf~rf]s eujtLsf] bz{g ug'{x’Fb} /fi6«klt e08f/L ag]kf, !& c;f]h M /fi6«ktL ljBfb]jL e08f/L j8fb;}F}+sf] cf7f}F lbg dxfi6dLsf] cj;/df ;f]daf/ sfe|]knf~rf]ssf] kfFrvfn gu/kflnsf– ( l:yt knf~rf]s eujtL dlGb/df k”hfkf7 Pjd bz{g ug'{x’Fb} . tl:a/ M k]df nfdf÷ /f;;

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा गरेकी छन् ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्।