२०८२ असार ४ बुधबार

राशिफल

हलहरुले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी

काठमाडौं, असोज १७

चलचित्रकर्मीहरुले नेपाली चलचित्रलाई हलहरुले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

बाबरी चलचित्रका बिषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरु भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताउनुभयो । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताउनुभयो ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकोमा आपत्ती जनाउनुभयो । बाबरी चलचित्रकी नायिका अदिती बुढाथोकीले नेपाली चलचित्रहरुको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताउनुभयो ।