२०८२ असार ४ बुधबार

राशिफल

मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु

काठमाडौ : उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना  तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए ।

उनको शव सोमबार दिउँसो भेटिएको छ । उनको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ ।

अघिल्लो सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।