काठमाडौं : दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ ।
घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।
कोही व्यक्ति गैरकानूनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ ।
दशैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर िटेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदन दुई दिनपछि खारेज भएको हो ।
तपाइँको प्रतिक्रीया