२०८२ जेठ २२ बुधबार

राशिफल

बालेनले तिनकुनेमा बनाउँछन त पार्क ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तिनकुनेको विवादको विषयमा टिप्पणी गरेपछि फेरी चर्चामा आएको छ ।

लामो समयदेखि समस्या रहेको तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना बजेटमै ल्याएका बालेनले सामाजिक सञ्जालमा सो क्षेत्रबाट निर्वाचित भएका नेताहरुलाई प्रश्न गरेका थिए ।

असोज १ गते सामाजिक सञ्जालमा लेख्दै शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका हुन् ।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका थिए ।

बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले लेखेका छन् ।

नीति कार्यक्रममा समेटियो
उसो त महानगरले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३२ स्थित तिनकुने जग्गाको मुआब्जा सम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक पहल गरिने उल्लेख पनि गरेको छ ।
बजेटमार्फत महानगरले समाधान भएपश्चात उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गरिने घोषणा गरको छ ।  onlinekhabar