२०८२ जेठ २१ मङ्गलबार

राशिफल

खाेलामा डुबेर २ बालककाे ज्यान गयाे

काठमाडौ : देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर आज मङ्गलवार दुई बालकको ज्यान गएको छ । खाेलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुवै जना बालकको शव पाेस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।

आज दिउँसो साढे ३ बजेतिर अर्जुन खाेलाकाे पुलमुनि नुहाउन गएका बेला उनीहरू खाेलामा डुबेका थिए ।