२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एलन मस्क र युक्रेनी राष्ट्रपतिको ट्वीटर युद्ध !

काठमाडौं : आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् ।
कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ ।

मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच चलिरहेको युद्धमा शान्ति कायम गर्ने योजना पेश गरेका थिए । तर, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मस्कको ट्वीटको जवाफ फर्काएपछि संसारभरबाट मस्कको समर्थन र आलोचना दुवै भइरहेको छ ।

मस्कले रुसले आफ्नो नियन्त्रणमा लिएर युक्रेनी भूमिमा संयुक्त राष्ट्र संघको रोहबरमा जनमतसंग्रह गर्नुपर्ने, क्रिमिया रुसकै भूभाग भएको, क्रिमियामा पानीको आपूर्ति सुनिश्चित गर्नुपर्ने र युक्रेन निष्पक्ष रहनुपर्ने भन्दै ट्वीट गरे । यो ट्वीटमा उनले आफूले पेश गरेको योजना सही छ कि गलत छ भनेर बताउन पोल पनि बनाएका छन् ।

मस्क यतिमै रोकिएनन् उनले रुस-युक्रेन युद्धको परिणाम परमाणु युद्ध हुन सक्ने खतरा पनि औंल्याए । त्यसपछि फेरि उनले रुसले आफ्नो नियन्त्रणमा लिएका डोनबास र क्रिमिया क्षेत्रका जनताले आफू कुन देशसँग रहने भनेर निर्णय गर्न पाउनुपर्ने भन्दै ट्वीट गरे ।