पानी पर्नासाथ पहिरो जाने यो सडकखण्डमा आज गाडी सामान्य रुपमा चलेका ट्राफिक प्रहरीले जनाएको छ ।
चितवन आसपासमा हिजो बेलुका पानी परेको थियो । अहिले पानी परेको छैन । यो सडक खण्डमा केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । ती ठाउँमा अहिले पानी परेपछि पहिरो खस्ने गरेको छ ।
नारायणगढ–मुग्लिन सडकमा सामान्य अवस्थामा दैनिक १० हजारको संख्यामा गाडी आवतजावत गर्ने गर्छन् । यसैबीच रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका सडक जलमग्न भएका छन् । सडकका ठाउँ ठाउँमा पानी जमेको छ । काठमाण्डौसहित देशभर नै रातिदेखि पानी परिरहेको छ ।
तपाइँको प्रतिक्रीया