२०८२ असार ४ बुधबार

राशिफल

भक्तपुरको व्रम्हायणीमा दिनभर मेला, भक्तजनको घुँइचो

काठमाडौं  :  विजया दशमीका दिन बुधबार भक्तपुरको व्रम्हायणीमा दिनभर मेला लागेको छ ।

बुधबार बिहानैदेखि मेलामा हजारौँ स्थानीयवासीको घुईचो लागेको थियो । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ । टोलटोलबाट पनि सयौं बाजागाजाका टोली सहभागी थिए । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक जिल्लाबाट पनि जात्रालुहरु आएका थिए ।

जात्रामा व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । नवदुर्गाका मूर्तिहरु हस्तान्तरण गरी त्यहाँबाट नगरको बाटो हुँंदै भक्तपुर दरवार स्क्वायरस्थित तलेजुमा लगिने परम्परा छ ।

भक्तपुरको दशैंमा हुने जात्रामध्ये यो अन्तिम जात्रा मेला हो । यसअघि दसैंको नौ दिन यहाँं नौ वटा शक्तिपीठहरुमा मेला लागेको थियो ।