२०८२ असार ४ बुधबार

राशिफल

काठमाडौँ आइपुगे सन्दीप, प्रहरीको नियन्त्रणमा

काठमाडौँ : बलात्कारको आरोपमा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी पर्नुका साथै उनीमाथि पक्राउ पूर्जी समेत जारी भएको छ ।

सन्दीपले समाजिक सञ्जाल फेसबुकमार्फत आफू बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिने जानकारी गराएका थिए ।