२०८२ असार १२ बिहीबार

राशिफल

काठमाण्डौ उपत्यकामा शनिवार बिहानदेखि मात्र पानी पर्न कम हुँदै जाने

काठमाण्डौ  :  काठमाण्डौ उपत्यकामा आज दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेका कारण दशैँमा टीका थाप्न मान्यजनकोमा आवतजावत गर्ने मानिसलाई निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाण्डौ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

काठमाण्डौ उपत्यकामा शनिवार बिहानदेखि मात्र पानी पर्न कम हुँदै जाने महाशाखाले जनाएको छ ।