२०८२ जेठ २१ मङ्गलबार

राशिफल

घरेलु टोली भियतनामसँग खेल्दै नेपाल

काठमाडौं : नेपालले आज एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा घरेलु टोली भियतनामसँग खेल्दै छ ।
नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरुहुने छ ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको खोजिमा रहने छ । पहिलो खेलमा भियतनामले चाइनिज ताइपेलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
छनोट अन्तर्गत नेपालले आइतबार अन्तिम खेलमा चाइनिज ताइपेसँग खेल्नेछ ।