२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नारायणगढ-मुग्लिन सडकखण्ड : क्षण क्षणमा बन्द हुँदै खुल्दै

भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केराबारीको पहिरो साँझ ५ः५० मा हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि बिहीबार बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो ।

नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।