काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले विश्व फुटबल महासंघ (फिफा) वरीयता सुधार गर्न सफल भएको छ।
फिफाले बिहीबार जारी गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान माथि उक्लेको हो।
नेपाल १ सय ७५ औं स्थानमा आइपुगेको छ। गत अगष्टमा नेपाल १ सय ७६ औं स्थानमा थियो। यसबीचमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ नेपाल ३-१ गोलअन्तरले विजयी भएको थियो।
दक्षिण एसियाली राष्ट्रमा भारत अगाडि रहेको छ। भारत दुई स्थानले पछि परेको छ। ऊ एक सय छैटौं स्थानमा झरेको छ।
नेपालभन्दा अघि रहेको माल्दिभ्सको १ सय ५४ औं स्थानमा छ। भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय सातौं स्थानमा छ।
शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौं स्थानमा इग्ल्यान्ड छ। Lahachhap
तपाइँको प्रतिक्रीया