तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ ।

रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ ।

पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् ।

पहिरोले नेपाल टेलिकमको अप्टीकल फाइबर समेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्याण्डलाइन टेलिफोन सेवा प्रभावित भएका छन् । बन्द विद्युत् आपूर्तिका लागि मर्मत भैरहेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।