२०८२ असार ५ बिहीबार

राशिफल

टीकाकाे चाैथाे दिन, मान्यजन तथा ठूलाबडासँग आशीर्वाद लिने क्रम जारी

काठमाडौँ : लगातारको झरीले जनजीवन प्रभावित बनेपनि दशैँको टीका थाप्ने क्रमपनि जारी छ । चौथो दिनपनि मान्यजनबाट टीका ग्रहण गरिँदैछ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ । नेपालको पश्चिमी भेकका केही स्थानमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।