२०८२ असार ५ बिहीबार

राशिफल

एकीकृत समाजवादीले टुंग्यायो संघमा चुनाव लड्ने १९ उम्मेदवार [सूचीसहित]

काठमाडौं : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधि सभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो।

यस्तै समाजवादीले प्रदेश सभा तर्फका उम्मेदवारको पनि टुंगो लगाएको छ। जसमा कञ्चनपुर २ प्रदेश सभा (क) र क्षेत्र नम्बर ३ को (ख) मा भने टुंगो लागेको छैन। त्यहाँ छलफल जारी रहेको बताइएको छ।

समाजवादीले कर्णालीमा फ्लोर क्रस गर्ने तत्कालीन चार जना सांसदमध्ये दुई जनालाई मात्र समेटेको छ। चार जनामध्ये डोल्पाका नन्दसिंह बुढा केही दिनअघि एमालेमा प्रवेश गरिसकेका छन्।

कालीकोटका कुर्मराज शाही भने प्रतिनिधि सभा र प्रदेश सभाका लागि अटाएका छैनन्। सल्यानका प्रकाश ज्वाला र दैलेखका अम्बरबहादुर थापालाई भने प्रतिनिधि सभाको उम्मेदवार बनाइएको छ। यस्तै लुम्बिनी प्रदेशमा पनि छलफल जारी रहेको बताइएको छ।

यी हुन् समाजवादीका प्रत्यक्षतर्फका उम्मेदवार

१। इलाम क्षेत्र न। १  झलनाथ खनाल
२। उदयपुर क्षेत्र न। २ जगनाथ खतिवडा
३। रौतहट क्षेत्र न। १ माधवकुमार नेपाल
४। बारा क्षेत्र न। ४  किसान श्रेष्ठ
५। काठमाडौं क्षेत्र न। ८ जिवनराम श्रेष्ठ
६। ललितपुर क्षेत्र न। २ कृष्णलाल महर्जन
७। धादिङ क्षेत्र न। १ राजेन्द्र पाण्डे
८। मकवानपुर क्षेत्र न। २ विरोध खतिवडा
९। कास्की क्षेत्र न। २  श्रीनाथ बराल रशिवजी गुरुङ
१०। गुल्मी क्षेत्र न। २ रामकुमारी झाँक्री
११। पाल्पा क्षेत्र न। २  सोमप्रसाद पाण्डे
१२। रुपन्देही क्षेत्र न। २ राजु गुरुङ
१३। दाङ क्षेत्र न। १ मेटमणी चौधरी
१४। सल्यान प्रकाश ज्वाला
१५। डोल्पा  धन ब. बुढा
१६। दैलेख क्षेत्र न। १ अम्बर ब थापा
१७। अछाम क्षेत्र न। १  शेर ब कुवँर
१८। बझाङ भानुभक्त जोशी
१९। डोटी प्रेम ब आले

प्रदेश सभा

नम्बर प्रदेश १ :
ताप्लेजुङ १, पाँचथर १, इलाम १, झापा २(क), संखुवासभा (ख), भोजपुर (क), धनकुटा (क), मोरङ १ (ख), मोरङ ३ (ख), सुनसरी १(ख) र खटाङ (क)

मधेश प्रदेश :
सप्तरी ४ (क), सिराहा १ (ख), सिराहा २ (ख), सिराह ३ (क), धनुषा ४ (ख), महोत्तरी २ (क), सर्लाही १ (ख), सर्लाही ३ (क) रौतहट १ (क) र रौतहट ३ (क)

बागमति प्रदेश :
नुवाकोट २ (क), काठमाडौं १० (ख), काठमाडौं २ (ख), काठमाडौं ४ (ख), काठमाडौं ५ (ख), काठमाडौं ६ (ख), काठमाडौं ७ (क), भक्तपुर २ (ख), ललितपुर २ (क), काभ्रे २ (क), र चितवन १ (ख)

गण्डकी प्रदेश : स्याङ्जा २ (क), नवलपरासी २ (ख)

लुम्बिनी प्रदेश : छलफल जारी

कर्णाली प्रदेश : मुगु (क), जुम्ला (ख)

सुदूरपश्चिम प्रदेश : बाजुरा (ख), अछाम २ (ख), कैलाली ३ (ख), कैलाली ४ (क), कंचनपुर २ (ख) छलफल जारी, कंचनपुर ३ (क) छलफल जारी