काठमाडौँ : चर्चित दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को दोस्रो भागमा बलिउडका अर्जुन कपुर अनुबन्धित गरिने बताइएको छ।
‘पुष्पा २’ लाई बलिउडसँग छुवाउनका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका हुन्। फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा देखिनेछन्। फिल्मका निर्माताहरू फिल्मलाई गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन्। सोही कारण बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षित गराउन निर्माताहरूले यस्तो निर्णय गरेका हुन्।
‘पुष्पाः द राइज’ मा अल्लू अर्जुनले ‘पुष्पाराज’ र रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए। फिल्मले विश्वव्यापी रूपमा ३ सय ५० करोडभन्दा बढी कलेक्सन गरेको थियो। फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड हुने बताएका छन्।
फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन। यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए भने उनको यो पहिलो तेलुगु फिल्म हुनेछ।
तपाइँको प्रतिक्रीया