काठमाडौं : मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्यो ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको त्यही क्षेत्रमा लेक लागेर ज्यान गएको थियो ।
मृतकका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोमा रहेको भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया