२०८२ असार ४ बुधबार

राशिफल

सभामुख छाडे सापकोटाले सरकारी निवास

काठमाडौं  :  सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन आज सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।

उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।