काठमाडौं : नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर शाक्यले आफू निर्वाचन नलड्ने बताउँदै विकल्प खोज्न भन्नुभएको हो । कुराकानीका क्रममा उपाध्यक्ष शाक्यले आफूमा उम्मेदवारको आकाङक्षासमेत नरहेको बताउनुभयो ।
उहाँले एउटै व्यक्ति पटक पटक चुनाव लड्ने, मन्त्री र प्रधानमन्त्री बन्ने परिपाटीले जनता दिक्क भएको भन्दै अब पूराना होइन नयाँलाई अवसर दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले शाक्यलाई काठमाडौँ–८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रीया