२०८२ असार ४ बुधबार

राशिफल

प्युठानमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव निकालियो

काठमाडौं :  प्युठानमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव निकालिएको छ ।

तीन जनाको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोले पुर्दा हराइरहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएका ५५ वर्षका थमा बुढामगर, १८ वर्र्षका मौसमी थापा र २१ वर्षका टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो ।

पहिरोमा परी ६० वर्षका बमबहादुर राहु मगर, चार वर्षका सुसान्त राहु मगर र ६० वर्षका हिराबहादुर थापा मगरको अवस्थता अझै थाहा हुन सकेको छैन ।